जनता बैंक नेपालले जुम्लामा ३ दिने बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तर दायित्वमा ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राख्दै निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने क्रममा जुम्ला जिल्लाको तातोपनी गाउँपालिकामा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ ।