• होमपेज
  • अर्थ/वाणिज्य
  • सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापुँजी अढाई अर्ब नाघ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापुँजी अढाई अर्ब नाघ्यो

  • सोमवार, असार १८, २०७५
सांग्रिला डेभलपमेन्ट बैंकको  चुक्तापुँजी अढाई अर्ब नाघ्यो

सांग्रिला डेभलपमेन्ट बैंकले चुक्ता पूंजीको २.५० प्रतिशत बराबरको बोनश सेयर तथा ९.३० प्रतिशत नगद लाभांस  वितरण गर्ने भएको छ । बैंकको आईतबार काठमाडौँमा सम्पन्न १३औँ बार्षिक साधारणसभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७३÷७४ को खुद मुनाफा मध्येबाट उक्त अनुपातमा बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको  हो ।

हाल सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापुँजी दुई अर्व ४४ करोड ५२ लाख ५६ हजार छ सय रुपैयाँ रहेको छ । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी दुई अर्व ५० करोड ६३ लाख ८५ हजार हुनेछ । यससँगै बैंकले नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकका लागि निर्धारण गरेको न्युनतम चुक्तापुँजीको मापदण्ड पूरा गरेको छ ।

संचालक समितिका अध्यक्ष प्रा.डा. रबिन्द्रप्रसाद श्रेष्ठले आ.ब.२०७३/७४ को आर्थिक विवरणहरु सहित बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा संलग्न अनुसुचिहरु उपर छलफल गरि पारित गरिएको बताइएको छ ।

बैंकले चालु आ.ब.को तेस्रो त्रैमासिक अवधिमा करिब रु. १४ अर्व ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरि करिब रु. २५ करोड ०६ लाख खुुद मुनाफा आर्जन गरेको छ ।

हालसम्म ५२ शाखा रहेको यस बैंकले चालुु आ.ब.मा पूूंजी बृद्धिसंगै ब्यवसायको आकारलाई समेत बृद्धि गर्नुु पर्ने भएकोले आफनो शाखा संजाललाई बिस्तार गर्ने कार्यमा हाल गोरखाको छेवेटार एक्टेन्सन काउन्टरलाई शाखामा स्तरोन्नती गर्नुुको साथै पहिला चरणमा काठमाडौं उपत्यकामा थप ६ वटा शाखा सहित सातवटै प्रदेशमा गरि नयां २२ वटा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकति लिई मुुस्ताङको जोमसोम बाहेक अधिकांस शाखाहरु यसै चालुु आ.ब.मा संचालन भईसकेको नायब प्रमुख कार्यकारी अधिकृत  दिनेश थकालीले बताए ।

दोस्रो चरणमा काठमाण्डौ उपत्यकामा अरु थप ५ वटा पेप्सीकोला, टोखा, बानेश्वर, सानेपा ललितपुुर र ठीमी भक्तपुुर सहित बिभिन्न दुुर्गम स्थानहरु हुुम्लाको सिमीकोट, दार्चुुलाको खल¨ा, बैतडीको पाटन, दैलेखको राकम, रोल्पाको सुुलिचौर, नुुवाकोटको बटार, धादि¨को गल्छी लगायत २९ वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई निर्माण कार्य भइरहेको र सो पश्चात बैंकको शाखा सन्जाल ८७ पुुग्ने नायब प्रमुख कार्यकारी अधिकृत  दिनेश थकालीले बताए ।

आफ्नै १४ वटा ब्त्ः बाट सेवा प्रदान गर्दै आएको यस बैंकले हाल संचालनमा रहेको एससीटी संजालको एटीएम कार्डलाई बिस्तावित गरि नयां भिसा डेबिड कार्ड संचालनमा ल्याई सकेको छ । एपोलो हस्पीटल, नयां दिल्ली इन्डीया र यस विकास बैंक बिच भएको सम्झौतामा यस विकास बैंकका ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा लिंदा उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुुट प्रदान गरिने द्धिपक्षीय सहमती भएको छ भने सो सेवा लिन ग्राहकहरुले यस विकास बैंकले प्रदान गर्ने भिसा डेविट कार्ड लिएको हुुन पर्ने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)