• होमपेज
  • अटो
  • जेसीबीका ग्राहकद्वारा प्लान्ट भ्रमणमा

जेसीबीका ग्राहकद्वारा प्लान्ट भ्रमणमा

  • सोमवार, असार १८, २०७५
जेसीबीका ग्राहकद्वारा प्लान्ट भ्रमणमा

नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्नो ग्राहकलाई चार दिने जेसीबी प्लान्ट भ्रमणको आयोजना गरेको छ ।

नेपाली ग्राहकको टोलीलाई भारतको पुणेस्थित जेसीबी प्लान्टको भ्रमण गराइएको हो । भ्रमणका क्रममा जेसीबीका ग्राहकले कसरी स्टिलबाट मेसिन बनाइन्छ ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ ? भन्ने निरीक्षण गरेका थिए ।
उनीहरुले जेसीबी एस्काभेटरको रेन्जको निर्माण प्रक्रियाको पनि अवलोकन गरेका थिए । जेसीबीले तीनदेखि ३८ टनसम्मको एस्काभेटरको उत्पादन गर्दै आएको छ ।

ग्राहकले पुने प्लान्टसहित खन्डला र मुम्बईको समुद्र क्षेत्रको पनि अवलोकन गरेका थिए । भ्रमणमा सहभागी ग्राहकले जेसीबीको प्लान्टको भ्रमण निकै फलदायी र स्मरणीय भएको बताए । उनीहरुले संसारकै प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र देशविकासमा सहभागी हुनपाउनुमा गौरव महसुस गरेको पनि बताए ।

भक्तपुर इँटाभटा संघका अध्यक्ष तथा जेसीबीका ग्राहक नातिकाजी ह्योम्बाले प्लान्टमा कसरी ठूल्ठूला मेसिन उत्पादन गरिन्छ भन्ने हेरेर दंग परेको बताए । ‘यहाँको प्रविधि देखेर नेपालमा मैले प्रयोग गरेका जेसीबी मेसिनमाथि झन् विश्वास बढेको छ । मलाई खुसी लागेको छ कि मैले जेसीबीलाई रोजेँ ,’ उनले भने ।

जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आवद्ध छन् । जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा बिक्री वितरण हुने गर्छ ।
एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि