प्राइम बैंक लिमिटेडमा कर्मचारी भर्नादेखि कर्जा प्रवाहसम्ममा पैसाको चलखेलबाट हुन्छ भन्दा अचम्म लाग्न सक्छ । प्रायः सीइओ, संचालक नेवार समुदायकै भएको प्राइम बैंकभित्र कमिसनको खेल हुन्छ भन्ने कुरा एउटा सानो कुराबाटै प्रष्ट भएको छ ।
केही समय अगाडि स्थानीय तहमा बैंक पु¥याउने क्रममा कर्मचारी चाहिएको सूचना प्रकाशित गरी प्राइम बैंकले सयौं कर्मचारी लिएको थियो ।
शाखा प्रमुखदेखि रिसेप्सनिस्टसम्म लिएको प्राइम बैंकले शाखा प्रमुखका लागि १० लाख र रिसेप्सनिस्टका लागि दुई लाखसम्म कमिसन लिई कर्मचारी भर्ना गरेको भेटिएको छ । (नाम परिवर्तन) विपिन रानालाई शाखा प्रमुख बनाउने भन्दै दलालले बैंकको डिजिएम भाइराजा तुलाधारमार्फत सो रकम दिएको बताए ।
आफूलाई पृथक बैंक भनेर प्रचार गर्ने सीइओ नारायणदास मानन्धरलाई थाहा नै नदिई डिजिएम भाइराजा तुलाधारले करोडौं लिएर अधिकांश नेवार र केही जनजाती कर्मचारी भर्ना गरेको भेटिएको छ ।
समाचार स्रोतका अनुसार सीइओ मानन्धरलाई पर राखेर दर्जनौं व्यवसायी र कम्पनीहरूलाई कर्जा प्रवाह गरेर डिजिएम भाइराजा तुलाधारले करोडौं कमिसन लिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।
आफूलाई पूर्व पत्रकार बताउने डिजिएम तुलाधारले बैंकमा जागिर खाएपछि अर्बौंको सम्पत्ति जोडेको भेटिएको छ । जनताको पैसामा फुपूको श्राद्ध गर्ने यी भाइराजा तुलाधरको बारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा समेत उजुरी परेको भेटिएको छ । राजतिलक साप्ताहिक