• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैंकले एकै दिन दुई इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

महालक्ष्मी विकास बैंकले एकै दिन दुई इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

  • शुक्रबार, असार १५, २०७५
महालक्ष्मी विकास बैंकले एकै दिन दुई इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

महालक्ष्मी विकास बैंक लि. ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने क्रममा एकैदिन दुई बिमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता म्बन्धी सम्झौता गरेको छ ।

यसै सन्दर्भमा महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिद्धार्थ इन्स्योरेन्स कम्पनी का प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवार क्षेत्रीेले बंैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोह बीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गरेका थिए ।

सम्झौता सोही दिन बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहसँग पनि सम्पन्न भएको थियो । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीहरुको निर्जिवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नु हुनेछ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ । महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले चैत्र मसान्तसम्म रु. २५ अर्ब ११ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार