• होमपेज
  • कृषि
  • आँपटारका कृषक बाँदरबाट हैरान

आँपटारका कृषक बाँदरबाट हैरान

  • मङ्लबार, असार १२, २०७५
आँपटारका कृषक बाँदरबाट हैरान

खेतबारीमा लगाएको मकैबाली फल लागेर खाने समय हुन लागेपछि जंगलबाट बाँदर पसेर नष्ट गर्न थालेका कारण यतिखेर उदयपुर जिल्लाको रौतामाई गाउँपालिका आँपटारका कृषक बाँदरदेखि आतंकित बन्न पुगेका छन् ।

आँपटारको कुर्लेटार, कालीमाटी, कदीमा गाउँ क्षेत्रमा लगाएको मकैबाली जंगलबाट ठूलो संख्यामा दैनिक बिहान, दिउँसो र बेलुकी बाँदर प्रवेश गरेर नष्ट गर्न लागेको कालीमाटीका कृषक भुपेन्द्रध्वज राईले बताए ।

राईका अनुसार एक हप्तादेखि बाँदरले गाउँको मकै बालीमा ठूलो क्षति पु¥याएको र बाँदर खेतबारीदेखि घरघरसम्म नै आउन थालेको राईले बताए ।

कुर्लेटार क्षेत्रमा पनि केही दिन यतादेखि बाँदरले खेतबारीमा लगाएको मकैबाली नष्ट गर्न थालेपछि घरघरका परिवार र नानीहरुसहित रातदिन खेतबारीमा नै मकैबाली रुँगेर समय बिताउनु परेको स्थानीय रत्नबहादुर कटुवाल बताए ।

बाँदरले अतिनै दुःख दिने र मकैबाली नष्ट गर्न थालेपछि विद्यालय जाने नानीसमेत विद्यालय नगएर दिनभरि मकैबाली रुँग्न बाध्य हुनु परेको कटुवालले जानकारी दिए ।

एक हप्ताभित्र झण्डै ४० रोपनी क्षेत्रफलको मकैबाली बाँदरले नष्ट गरेको समेत कटुवालले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा