महालक्ष्मी विकास बैँक लि. ले शाखा सञ्जाल विस्तार गर्दै लाने क्रममा काठमाडौं महानगरपालिका वडा नं १०, नयाँँ बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैँकको ७२ औँ शाखा हो ।
महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले चैत्र मसान्तसम्म रु. २५ अर्ब ११ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।