कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘साथ’ नामक सामाजिक कल्याण–उन्मुख गैर–सरकारी संस्थालाई नगद रू.एक लाखको सहयोग गरेको छ ।
साथले आफ्नो “हकुना मटाटा” परियोजना अन्तर्गत विगत ६ वर्षदेखि एच आइ भी संक्रमित परिवारका बालबालिकाको आधारभूत शिक्षा र हेरचाहमा सहयोग पु¥याईरहेको तथा बहिस्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सिपमुलक तालिम दिदैँ आईरहेको छ ।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले संस्थापकहरुलाई चेक हस्तान्तरण गरेका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।