• होमपेज
  • कृषि
  • मनसुन विस्तारै सक्रिय बन्दै

मनसुन विस्तारै सक्रिय बन्दै

  • शनिबार, असार ९, २०७५
मनसुन विस्तारै सक्रिय बन्दै

मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन शुरु भएको १५ दिन बितिसक्दा पनि कमजोर मनसुनका कारण पर्याप्त वर्षा हुन सकेको छैन ।

सामान्यत नेपालमा (१० जुन) बाट मनसुन प्रवेश गर्ने गरेको छ । यो वर्ष ८ जुन (जेठ २५) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र केही दिनभित्रै नेपालभर फैलिने अनुमानसहित महाशाखाले घोषणा गरेको थियो ।

अहिले कमजोर रहेको मनसुन क्रमिकरुपमा विस्तारै बलियो हुँदै जाने मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

“मनसुन विस्तारै सक्रिय बन्दै गएको छ, देशका पूर्व र मध्य क्षेत्रमा यसको गतिविधि देखिन्छ । पश्चिमी भेगमा भने पश्चिमी वायुको प्रभाव देखिएकाले मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ”, उनले बताए ।

साँझ काठमाडौँ उपत्यकासहित मध्य र पूर्वका विभिन्न क्षेत्रमा वर्षा हुने देखिएको छ । देशका विभिन्न भागका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ ।

असारमा धान रोप्ने मुख्य मौसममा पर्याप्त वर्षा नहुँदा किसान खिन्न भएका छन् । काठमाडौँ उपत्यका आसपासका फाँटमा समेत वर्षाको अभावमा रोपाइँ हुन सकेको छैन ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी सिमरामा ३६ तथा दीपायलमा २० मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ६, भैरहवामा ८, दाङमा ७ र ताप्लेजुङमा ३ मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम २९।५ र न्यूनतम २०।४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि