• होमपेज
  • प्रविधि
  • सिभिल बैंकको नयाँ वेबसाईट

सिभिल बैंकको नयाँ वेबसाईट

  • शुक्रबार, असार ८, २०७५
सिभिल बैंकको नयाँ वेबसाईट

सिभिल बैंक लिमिटेडले स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले गरेका हुन ।

यो स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिने बैंककाले दावी गरेको छ । यो स्मार्ट वेबसाईटमा बैंकको सेवातथा सुविधाको बारेमा जानकारी प्रदान गर्नुका साथै ईन्टरनेट बंैकिङ मार्फत खाताको विवरण हेर्न सकिने छ ।

सिभिल बैंकवाअन्यबैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, ल्यान्डलाइन, एडीयसयल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न सकिन्छ ।

सिभिल बैंकले हालसम्म २००,००० भन्दा बढी ग्राहकहरु रहेको ३७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिव ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कुलशाखा संख्या ६३पुगेकोे बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार