• होमपेज
  • अर्थ/वाणिज्य
  • ठमेलमा ज्योति विकास बैंकको एटीएम सेवा

ठमेलमा ज्योति विकास बैंकको एटीएम सेवा

  • शुक्रबार, असार ८, २०७५
ठमेलमा ज्योति विकास बैंकको एटीएम सेवा

ज्योति विकास बैंक लि. ले आफ्नो ग्राहक वर्गहरुमा सेवा विस्तार गर्ने क्रममा काठमाडौंको ठमेल सातघुम्तीमा एटीएम सेवा संचालनमा ल्याएको छ । यससँगै वैंकले १८ स्थानबाट एटीएम सेवालाई आफ्नो ग्राहकवर्गमा पु¥याएको छ । हालै मात्र वैंकले एससीटी कार्ड लाई प्रतिस्थापन गरि भिसा डेबिट कार्ड ल्याएको हो ।

बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, ए.टि.एम. सेवा, ३६५ दिने बैंकिङ्ग सेवा ब्द्यद्यक् सेवाका साथै आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालनमा ल्याएको छ । हाल बैंकले ५७ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ ।

यस आर्थिक वर्ष भित्रनै बैंकले थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजार भन्दा बढि खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार