सन्राइज बैंक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै आफ्ना ग्राहकवर्गलाई सरल एवं सहज रुपमा विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलव्ध गराउदै आइरहेको सन्र्दभमा बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखि मिसकल बैकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
यस सेवा अन्र्तगत आफुलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिनको लागि बैंकले तोकेका निम्न नम्वरहरुमा मिसकल गरी प्राप्त गर्न सकिनेछ । जसमा ९८५११४७२७३ नं. मा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी, ९८५१११७२७२नं. मा मिसकल गरी रु. १०० बरावरको मोवाईलमा रिचार्ज (टपअप) गर्ने सुविधा, ९८५१११७२७५नं. मा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी ९ःष्लष् क्तबतझभलत० र ९८५११८७२७४ नं. मा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाको बारेमा जानकारी लिन सकिने बैंकले बताएको छ ।
उल्लेखित सुविधा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्राहकहरुसँग क्ःब्च्त् एज्इल्भ् नभएता पनि उक्त सेवा लिन सकिने छ ।