• होमपेज
  • अर्थ/वाणिज्य
  • आइएमई र आइएमई पे वल्र्डकप उत्सव

आइएमई र आइएमई पे वल्र्डकप उत्सव

  • मङ्लबार, असार ५, २०७५
आइएमई र आइएमई पे वल्र्डकप उत्सव

आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्ड कप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औं संस्करणअन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सबै यो उत्सवमा सहभागी हुन सक्नुहुनेछ ।

आइएमई एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । यो प्रतियोगिता १४ जुनदेखि १५ जुलाईसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सहभागीले वेभ पेजमा रहेको एपमा लग–इन गर्दै एक हजार प्वाइन्टसहित प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।

प्वाइन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ ।

खेलको गलत अनुमान गरेमा सहभागीको प्वाइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ । थप आइएमई फ्यान्टासी प्वाइन्टको संकलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाइन्टले विजयी प्राप्त गर्नेछ । अधिक संख्याको प्वाइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔं बैंङ्कक जाऔं’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर प्राप्त हुनेछ । \

प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सही उत्तर दिने चार सेवाग्राही ‘लक्की–ड्र’ मार्फत छनोट हुनुहुनेछ । यसरी छनोटमा पर्ने सेवाग्राहीले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नुहुनेछ ।

विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामा भाग लिन सक्नेछन् । यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयी भएमा नेपालमा बसोबास गर्ने निजले इच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदान गरिनेछ । सहभागीले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नुपर्नेछ । यदि कुनै पोष्ट अथवा कमेन्टस त्रुटिपूर्ण देखिएमा बिना कुनै सूचना तत्काल रद्द गरिने कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार