• होमपेज
  • पर्यटन
  • गोकर्णेश्वर नगरपालिकामा केबुलकार चलाइने

गोकर्णेश्वर नगरपालिकामा केबुलकार चलाइने

  • आइतवार, असार ३, २०७५
गोकर्णेश्वर नगरपालिकामा केबुलकार चलाइने

पर्यटन प्रवद्र्धनका लागि उपत्यकाको उत्तर– पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–३, थानेडाँडाबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने भएको छ ।

केबलकार चलाउन नगरपालिकाले जेठ २७ गते शिवपुरी इको टुरिजम एण्ड केबलकार लिमिटेडलाई अनुमति दिएको छ ।३.५ किमी लामो दूरीमा केबलकार चलाउन वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढेको छ । वन तथा वातावरण मन्त्रालयले मूल्यांकन गरेपछि दुई वर्षमा केबलकार निर्माण सम्पन्न हुने जनाइएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल मण्डल पर्यटन नगरीले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले वातावरणीय क्षति भए पूर्ति हुने गरी केबलकार सञ्चालन हुनुपर्ने बताए ।

केबलकारले स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई पनि यहाँ आकर्षित गर्ने उहाँको भनाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले केबलकार निर्माणले धार्मिक पर्यटनसमेत प्रवद्र्धन हुने भएकाले अनुमति दिइएको सुनाए । विश्वका हिन्दू एवं बौद्ध धर्मावलम्बीलाई शिवपुरीमा आकर्षित गर्न सकिने उनको विचार थियो ।

कार्यक्रममा राष्ट्रिय शहीद तथा शान्ति स्मारकका अध्यक्ष सुदर्शन सिग्देल, पर्यटन नगरीका अध्यक्ष कृष्ण केसी, उपाध्यक्ष इन्द्र लामा, चन्द्रागिरी नगरपालिका वडा नं १ का अध्यक्ष राजन केसी, महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख श्यामकुमार राईलगायतले उपत्यकाको सुन्दर दृश्य देखिने शिवपुरीमा बन्ने केबलकारले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्ने विचार राखेका थिए ।

वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन आएलगत्तै निर्माण शुरु गर्ने लिमिटेडका अध्यक्षसमेत रहेका पर्यटन नगरीका उपाध्यक्ष लामाले जानकारी दिए ।
केबलकार निर्माण गर्न रु एक अर्ब ५० करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासीलाई पनि केबलकारको शेयर वितरण गरिने लिमिटेडले जनाएको छ ।

यो केबलकार निर्माण भएपछि उपत्यकामा नयाँ संरचनाअनुसार स्थानीय तहको अनुमतिमा बनेको पहिलो केबलकार हुनेछ । केबलकारले गोकर्णेश्वर महादेव मन्दिर र शहीद तथा शान्ति स्मारकको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने विश्वास गरिएको छ ।

निकुञ्जमा रहने वन्यजन्तु एवं जडीबुटी र वनस्पतिको संरक्षमा केबलकारको सञ्चालनले असर नगर्ने जनाइएको छ । सो अवसरमा शहीद स्मारक निर्माणस्थलमा सभाका अध्यक्ष तिमल्सिना, नगर प्रमुख चालिसे लगायतले वृक्षरोपणसमेत गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि