• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ र नर्भिक अस्पतालबीच सहकार्य सेवामा छुट दिने

मुक्तिनाथ र नर्भिक अस्पतालबीच सहकार्य सेवामा छुट दिने

  • बिहिबार, जेष्ठ ३१, २०७५
मुक्तिनाथ  र नर्भिक अस्पतालबीच सहकार्य सेवामा छुट दिने

मुक्तिनाथ विकास बैंक लि. र नर्भिक अस्पताल थापाथलीबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने दिन सम्झौता भएको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट महाप्रवन्धक प्रदिपकुमार झाले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्ड वाहक ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएको शुल्कमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार