• होमपेज
  • प्रविधि
  • आइसिटी सम्मेलन असार ३–४ मा हुँदै

आइसिटी सम्मेलन असार ३–४ मा हुँदै

  • मङ्लबार, जेष्ठ २९, २०७५
आइसिटी सम्मेलन असार ३–४ मा हुँदै

सूचना प्रविधिको उच्चतम अभ्यासबारे जानकारी गराउने उद्देश्यले यहाँ अन्तर्राष्ट्रियस्तरको ‘सूचना तथा सञ्चार प्रविधि सम्मेलन (आइसिटी) –२०१८’आगामी असार पहिलो हप्तामा यहाँ हुने भएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल ९क्यान० महासंघले आगामी असार ३ र ४ गते सम्मेलन आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा क्यान महासंघका महासचिव रञ्जीत पोदारले बताए ।

क्यान महासंघले यसअघिका सत्रौँ संस्करणसम्म आइसिटी कन्फ्रेन्सलाई क्यान इन्फोटेकको एउटा भागका रुपमा अघि बढाइरहेकामा यस वर्षदेखि विशेष प्राथमिकताका साथ अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञसमेतको उपस्थितिमा छुट्टै कार्यक्रमका रुपमा आयोजना गर्न लागेको हो ।

स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारा दिइएको आइसिटी सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकास लक्ष्यमा प्रयोगतर्फ सरकारका तर्फबाट अहिलेसम्म भइरहेका प्रयास र सरकारले हालै सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषय कार्यान्वयनका लागि आगामी कार्ययोजनाबारे प्रस्तुति दिने आयोजकले जनाएको छ ।

सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंका, मलेसिया, सिंगापुर र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का विषयगत विशेषज्ञले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् ।

दुईदिने सम्मेलनमा विशेषज्ञले पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवातर्फ सूचना प्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसैगरी स्मार्ट सोसाइटी, सूचना प्रविधिविज्ञ, उच्च सरकारी प्रतिनिधि, राजनीतिक नेतृत्व, स्थानीय तहका प्रतिनिधि तथा सम्बन्धित अन्य विज्ञको सहभागितामा समूहगत उच्चस्तरीय छलफल हुनेछ ।

सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, युएनडिपीलगायत सूचनासँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको मुख्य प्रायोजक सुविसु केबल नेट प्रालि रहनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि