• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशिया बैंकको २ नयाँ शाखा

एन आई सी एशिया बैंकको २ नयाँ शाखा

  • सोमवार, जेष्ठ २८, २०७५
एन आई सी एशिया बैंकको २ नयाँ शाखा

एन आई सी एशिया बैंकको सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं ५, बरहथवामा स्थापित बरहथवा शाखा र बागमती नगरपालिका वडा नं १२, बागमतीमा स्थापित बागमती शाखाको एक समारोहका बिच समुद्घाटन सम्पन्न भएको छ ।
बरहथवाका उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जन प्रसाद दासज्यूबाट बरहथवा शाखाको र बागमती नगरपालिकाका मेयर भरत कुमार थापाज्यूबाट बागमती शाखाको विधिवत् उद्घाटन गरेका छन् ।
यसै साथ झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवांै शाखारहित बैंकिङ्ग सेवा पनि संचालनमा आएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन प्रदेश नं. १(२ क) का प्रदेश सभासद माननीय एकराज कार्कीज्यूले गरेका थिए ।

उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा राजमणि पौडेललाई नियुक्त गरेको छ । एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।

Facebook Comments

सम्बन्धित समाचार