• होमपेज
  • कृषि
  • कृषकलाई ब्याजबिना बीउ पूँजी प्रदान

कृषकलाई ब्याजबिना बीउ पूँजी प्रदान

  • शनिबार, जेष्ठ २६, २०७५
कृषकलाई ब्याजबिना बीउ पूँजी प्रदान

स्मार्ट नगरका रुपमा घोषणा भई अगाडि बढेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाई ब्याजबिना नै बीउ पूँजी वितरण गर्दै आएको छ ।

रकमको अभावमा पेशाबाट विस्थापित हुने अवस्था आउन नदिने र दैनिक विदेशी भूमिमा रोजगारीका लागि जाने युवायुवतीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले यस प्रकारको अभियान सञ्चालन गरिएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“कृषि, पशुपालन र उद्यमशीलता कार्य शुरु गरेका तर स–साना पूँजीको अभावले पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले बीउ पूँजीको व्यवस्था मिलाएका हौँ,” उहाँले भन्नुभयो, “बीउ पूँजीका लागि न्यूनतम रु ५० हजारदेखि अधिकतम रु पाँच लाखसम्म अवस्था हेरि उपलब्ध गराउँछौँ ।”

वालिङ नगरपालिका कृषि, पशुपालन तथा विभिन्न प्रकृतिका स–साना उद्योगको सम्भावना बोकेको क्षेत्र भएकाले यस पेशालाई प्राथमिकतामा राखेर आगामी आवका लागि पनि नीति निर्माण प्रक्रिया शुरु गरेकोे नगर प्रमुख खाँणले बताउनुभयो ।

“हामीले तरकारीखेती गर्ने किसानका लागि छ महिनादेखि एक वर्ष, पशुपालनका लागि एक वर्ष र फलफूल खेतीका लागि दुई वर्षको अवधि रहने गरी बिना ब्याज बीउ पूँजी उपलब्ध गराउने छौँ” उहाँले भन्नुभयो, “नगरपालिकाले बीउ पूँजीको व्यवस्था गरेसँगै अहिले कृषक तथा पशुपालन गर्ने व्यवसायी रकम प्राप्तिका लागि नगरपालिका कार्यालयमा आवेदन दिन आउने गर्नुभएको छ ।”

जुन प्रयोजनका लागि रकम लगिएको हो सोही प्रयोजनमा प्रयोग भए नभएको हेर्न नगरपालिकाले समय समयमा अनुगमन र मूल्यांकन गर्ने गरेको तथा बीउ पूँजीको अवधि सकिएपछि उक्त रकम फिर्ता भएपछि सो रकम अर्को समूहलाई प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

यसैगरी आन्तरिक स्रोत र विभिन्न दातृ संस्थाको सहयोगबाट ‘सहुलियत लगानी उद्यमी कोष’ स्थापना गरी नगरपालिकाले कम्तीमा पाँच देखि छ प्रतिशत ब्याजदरमा कृषक तथा पशुपालक व्यवसायीलाई ऋण लगानी गर्ने योजनासमेत बनाएको छ ।

वालिङ नगरभित्र रहेका २२ वटा बैंकसँग छलफल गरी कृषि तथा पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकले तोकेको सहुलियत ब्याजदरमा कृषि तथा पशुपालनमा गर्नुपर्ने लगानीलाई अनिवार्य गर्नुपर्ने नीति निर्माणको क्रममा रहेको पनि नगरपालिकाले जनाएको छ ।

यसरी उद्यमीले उत्पादन गरेका विभिन्न उत्पादित वस्तुको मूल्यांकन, अगुवा र सफल भएका उद्यमीलाई पुरस्कारस्वरुप मेशिन तथा उपकरणको खरिदमा वालिङ नगरपालिकाले ५० प्रतिशतसम्म अनुदान दिने नीति निर्माण गर्ने रणनीतिसमेत लिएको नगरप्रमुख खाँणले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि