सन्राइज बैंक लिमिटेडले सिटी भ्यू अपार्टमेन्ट्स,सानेपामा एटिएम संचालनमा ल्याएको छ । सिटी भ्यू एटिएमको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य उपस्थितिमा बैंकका संचालक ओम कृष्ण जोशी र सिटी स्केप डेभलपर्सका अध्यक्ष मीन मान श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ८३ वटा शाखा, ९७ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।