• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

  • बिहिबार, जेष्ठ २४, २०७५
सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल बिनोद माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।

 

विद्यालयको सभा कक्षमा आयोजित कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा विद्यालयका प्राचार्य माधवप्रसाद खतिवडालाई दुई लाखको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरिन् ।

हस्तान्तरण कार्यक्रमलाई संम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवश्यक रहेको कुरालाई जोड दिए । प्रमुख कार्यकारी अधिकृत भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सकिने भन्दै गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्वन्द खेप्नु परेको बताए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार