• होमपेज
  • फिचर
  • दैनिक पत्रिका, अनलाईन र ब्लग पनि कालोसूचीमा (सूची सहित)

दैनिक पत्रिका, अनलाईन र ब्लग पनि कालोसूचीमा (सूची सहित)

  • सोमवार, जेष्ठ १४, २०७५
दैनिक पत्रिका, अनलाईन र ब्लग पनि कालोसूचीमा (सूची सहित)

पत्रकार आचारसंहिता उल्लङ्घन गरी समाचार प्रकाशन÷प्रसारण गर्ने सञ्चार माध्यमविरुद्ध प्रेस काउन्सिल नेपालमा पर्ने उजुरीको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको छ । पत्रकारितामा पीत पत्रकारिता गर्नेहरुको भिड अहिले ह्वात्तै बढेको पाइन्छ ।

पत्रकार हुँ भन्दैमा भएको नभएको कुराहरुलाई समाचार बनाई आम स्रोताहरुलाई भ्रममा पार्नेहरुको पनि कमि छैन यहाँ । जसले गर्दा पत्रकार र सञ्चार माध्यामहरुमा आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी गर्नेहरुको संख्या दिन दुई गुना रात चैगुना बढिरहेको छ ।

पत्रकारितामा मर्यादित, अनुशासित, जिम्मेवार एवम् उत्तरदायी पत्रकारिताका लागि प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यमलाई समय–समयमा घच्घच्याइरहेको छ । काउन्सिलले पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन पनि गर्दै आइरहेको छ ।

छापा र विद्यूतीय आचारसंहिता अनुगमन शाखा संरचना खडा गरी अनुगमन गर्ने कार्य गर्दै आएको छ । पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजूरी र स्वअनुगमनबाट पत्ता लागेका आचारसंहिता उल्लङ्घनका विषयमा सुनुवाई र छानबीन गरी छलफल, बैठकसमेतबाट आवश्यक निर्णय लिन काउन्सिलका अध्यक्षकोे संयोजकत्वमा छापामाध्यम र विद्युतीय सञ्चारमाध्यम आचारसंहिता अनुगमन उपसमिति रहेको छ ।

छुट्टाछुट्टै उपसमितिमा नेपाल वार एशोसिएसनका प्रतिनिधिसमेत रहने व्यवस्था छ । पत्रकार आचारसंहिता–२०७३ अनुसार आचारसंहिता पालना नगरेको पाइएको अवस्थामा कारबाही र निर्णय गर्ने विभिन्न प्रक्रियाहरू रहेका छन् । आचारसंहिता पालनाका लागि काउन्सिलले पटक–पटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यम पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) बमोजिम स्वतः अवज्ञाकारीको सूचीमा राख्ने गरेको छ ।

आचारसंहिताको दफा ७ (ज) मा अनुसार काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने ।’

यही प्रावधानअनुसार प्रेस काउन्सीलले २०७४ साल साउन १ गतेदेखि २०७५ जेठ ९ गतेसम्म देहायबमोजिमका २७ वटा सञ्चारमाध्यम स्वतः अवज्ञाकारीको सूचीमा राखेको छ जुन यस प्रकार छ । (प्रेस काउन्सीलको प्रेस विज्ञप्तीको जस्ताको जस्तै)

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि