• होमपेज
  • बीमा
  • ओरियण्टल इन्स्योरेन्समा बीमा समितिको हस्ताक्षेप ?

ओरियण्टल इन्स्योरेन्समा बीमा समितिको हस्ताक्षेप ?

  • सोमवार, जेष्ठ १४, २०७५
ओरियण्टल इन्स्योरेन्समा बीमा समितिको हस्ताक्षेप ?

असक्षम नेतृत्व र बीमा समिति नबुझेकोे संचालक समितिका कारण ओरियण्टल इन्स्योरेन्स तहसनहसको अवस्थामा पुगेको छ । गत वर्षको यस अवधिको ठीक आधा मात्रै नाफा कमाएर ओरालो लागेको यो इन्स्योरेन्सभित्र दर्जनौं नक्कली दाबी बीमा भुक्तानी भएपछि नाफा घटेको फेला परेको छ ।

नक्कली दाबी बीमा भुक्तानीबारे बीमा समितिमा उजुरी परेपछि असक्षम नेतृत्व टिम र नालायक संचालक समितिको निन्द्रहराम भएको हो । उजुरी पछि वीमा समितिले ओरिएण्टल इन्स्योरेन्स माथी चर्को कारवाही गर्ने भएको छ ।
ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा ३८ दशमलव ७२ प्रतिशतले घटेर १२ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २० करोड ४१ लाख रुपैयाँ पुगेको थियो ।ओरिएण्टल इन्स्योरेन्सले जगेडाकोषमा २ करोड ८७ लाख रुपैयाँ नोगेटिभमा र जीवन बीमाकोषमा ४९ करोड १२ लाख रुपैयाँ राखेको छ ।

आम्दानीमा २४ दशमलव २४ प्रतिशतले घटेर १७ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने खर्च ८१ दशमलव ४८ प्रतिशतले बढेर ४ करोड ९९ लाख पुगेको छ । कम्पनीको खुद बीमा शुल्क ४८ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ भने खुद दाबी नक्कली भुक्तानी ३७ करोड ३३ लाख रुपैयाँ गरेको छ ।

यहि अवधिमा कम्पनिले ६१ करोड ७२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ४३ करोड ४२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । जसको बीमालेख संख्या ८ हजार २ सय ८८ वटा र दाबी भुक्तानी संख्या १ हजार २ सय ७१ वटा रहेको देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)