त्यो निर्मम नाकाबन्दी अपराध थियो भनेर विभिन्न कूटनीतिज्ञहरूले बोलिरहेका छन् । अन्तर्राष्ट्रिय कानुन मिचेर नाकाबन्दी हुँदामा पनि नेपाली जनताको साहस र हिम्मत कति पनि डगमगाएन । नेपाली जनतामा भएको त्यो धैर्यताको बाँध अजीवको थियो । जसलाई भारतीय भेलले कसैगरी पनि भत्काउन सकेन ।
भरतीय क्रुरताको विरुद्धमा सींगो देश नै यसरी उभियो कि अन्तिममा बाध्य भएर भारत स्वयं झुक्नुप¥यो । त्यतिबेलाका प्रधानमन्त्री थिए, निवर्तमान प्रधानमन्त्री केपी ओली । नाकाबन्दीका बेला ओलीले दिएको अभिभ्याक्ति चिया पसलदेखि विश्वविद्यालयमासम्म मजाले बिक्यो । त्यही बिक्रीको मुनाफाले नेकपा एमाले सत्तामा पनि पुग्यो र उनी दोस्रोपटक पुनः प्रधानमन्त्री भए ।
अस्थिर सरकारदेखि आजित भएको नेपाली जनताले उनलाई भोट दिए । लामो संघर्ष र शहिदहरूको रगतले स्थापित लोकतन्त्र संस्थागत हुने लोभले नेकपा एमाललाई नेपाली जनताले भोट दिए । तर सोझा सीधा नेपाली जनतालाई के थाहा, त्यो क्रुर नाकाबन्दीको बेला आएको केपीको अभिव्याक्ति नाटकको सुरुवातको दृश्य थियो भनेर । अहिले नाटकको अन्तिम दृश्यको अभिनय भइरहेको छ र दर्शकहरू निःशब्द छन् ।
यहाँ प्रश्न उब्जन्छ कि त्यत्रो संघर्ष गरेर आइपुगेको लोकतन्त्रको औचित्य के ? योभन्दा त बरु निरंकुश नै भए पनि राजतन्त्र नै ठीक थियो भनेर कतिपय मान्छेहरूले चिया पसलमा कुराकानी गरेको सुनिन्छ ? सोझा जनताको भविष्यलाई फुटबल बनाएर खेल्नकै लागि जनताले भोट दिएका हुन् त ? यो जटिल प्रश्नको उत्तर दिनका लागि पनि सायद केपी ओली लायक छैनन् ।
त्यत्रो ठूलो सपना देखाएर राष्ट्रवादी नाराले चुनाव जिताएको नतिजा अहिले नेपाली जनताले भोगिरहेका छन् । यतिबेला भन्न पनि लाज लाग्छ कि हामीले नाकाबन्दी झेलेका थियौं । हामीले गर्वका साथ दाउराले खाना बनाएर हिँडेरै यात्रा गरेका थियौं भनेर भन्न लाज लाग्छ ।
जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उर्फ नेपाली जनताका लागि खलनायकको भव्य स्वागत भयो । केपी ओलीले उनलाई पछ्याएर हिँडे । जब मोदी आफ्नो सेनासँग नेपाल प्रवेश गरे । उनका लागि भनेरै जनकपुर सिंगारियो । उनका लागि भनेरै मुक्तिनाथ सिंगारियो ।
योभन्दा ठूलो धोका के हुन सक्छ नेपाली जनताका लागि ? जब कि प्रधानमन्त्री केपी ओलीले विभिन्न राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गरे । आफ्नै धरमा बिहान बिउँझदा लखेटिनुपर्ने सीमाना छेउका नेपाली जनतामा उम्लिएको आक्रोशलाई केपी ओलीले मत्थर पर्न सक्छ र !
मोदी आउँदा मात्र खाल्डाखुल्डी सडक रातारात पिच बन्यो । खासमा विकास केका लागि र कसका लागि ? केपी ओली र सम्पूर्ण एमालेजनसँग यसको जवाफ छ ?
यही तरिकाले राष्ट्र र जनतालाई घात गर्दै जाँदा आउने दिनहरूमा एमालेको भविष्य के हुन्छ ? केपी ओली प्रधानमन्त्री हुनु मात्र एमालेको अन्तिम लक्ष्य हो त ? उनीहरूलाई नेपाली जनताले गरेको विश्वासको प्रतिफल खोई ? लोतन्त्रक संस्थागत यसरी हुने हो र ! त्यत्रो ठूलो खोक्रो अभिव्याक्तिको तुक खोई ? खोई कहाँ गयो केपी ओलीको राष्ट्रवाद ? राजतिलक साप्ताहिक