• होमपेज
  • देश
  • टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

  • बुधबार, जेष्ठ २, २०७५
टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पु¥याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन ।

मनाङवासी नेपाल टेलिकमले दिएको सेवाबाट अझै वञ्चित छन् । ठाउँठाउँमा अग्लाअग्ला टावर निर्माण भएका त छन् तर सेवा सुविधा भने प्रभावकारी छैन ।

अहिलेको आधुनिक संसारलाई जोड्ने सञ्चार संस्थानले धेरै मुनाफा कमाएको अवस्थामा पनि सेवाग्राही भने कति लाभान्वित भए हेर्नु जरुरी छ ।

अहिले नेपाल टेलिकमले विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि मनाङमा फोन सम्पर्कसमेत कठिन भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपाल दूरसञ्चार, मनाङ शाखालाई पटकपटक पहल गर्दा पनि यो र उ बहाना बनाएर बेवास्ता गरेको छ ।” यसरी मनाङमा सबै सेवासुविधा हुँदाहुँदै पनि पछाडि परेको उहाँको भनाइ रहेको छ ।

उता दूरसञ्चारको भने आफ्नै कहानी छ । हिमाली जिल्लामा अप्टिकल फाइवरबाट सञ्चालित सिडिएमए पिडीएसमा टेक्निकल असर परेको नेपाल दूरसञ्चार मनाङ शाखाका प्रमुख निमङैटुक लामाले बताउनुभयो । उहाँको भनाइअनुसार नासों गाउँपालिकामा पर्ने ताल, ताँचे बगरछापलगायतका ठाउँमा समस्या देखिएको छ ।

हावाहुरी, बाटो निर्माणको क्रममा अप्टिकल लाइनका तार क्षति भएको छ । यस्ता समस्याले सेवाग्राही मर्कामा परेका हुन् । यसलाई मर्मत गर्न प्राइवेट कम्पनीबाट प्राविधिक ल्याउनु पर्ने भएकाले ढिलो भएको लामाले बताउनुभयो । हाल मनाङमा रहेका एडिएसएलबाट चल्ने इमेल इन्टरनेट नचल्दा सरकारी कामकाज गर्न निकै कठिनाइ भएको जिल्लामा रहेका सरकारी कार्यालयको गुनासो रहेको छ ।

आजको जमानामा इमेल इन्टरनेटबाट सबै कामकाज गर्नुपर्ने भएको अवस्थामा आवश्यक सेवासुविधाबाट वञ्चित भएर बस्नु परेकोमा मनाङवासी आक्रोशित भएका छन् ।

मनाङवासीले बिकल्पमा प्राइभेट कम्पनीबाट राखिएता पनि सबै नाफामुखी भएको र सेवासुविधा राम्रो नभएको होटल व्यवसायी थुतेन लामाले बताउनुभयो ।

सरकारले लगानी गरेको संस्थाबाट नै सेवाग्राही मर्कामा पर्छन् भने प्राइभेट कम्पनीको त नाफाको खेती नै हो । यस्तै हो भने दुर्गम जिल्ला सधैँ नै दुर्गम भएर रहनेछन् । कहिलेसम्ममा सेवासुविधा पाउने हो र कहिलेसम्म समस्या झेलेर बस्ने मनाङवासी नेपाल टेलिकमलाई प्रश्न गर्छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि