जनता बैंक नेपाल लिमिटेडले सप्तरीको रुपनी शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबरा सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं. १ मा रहेको नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीति अनुसार उक्त शाखा खोलिएको बैंकले जनाएको छ ।
यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११० पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।