• होमपेज
  • अटो
  • पल्सर स्पोर्टस् अवार्डको लागि डिस होमसँग सम्झौता नवीकरण

पल्सर स्पोर्टस् अवार्डको लागि डिस होमसँग सम्झौता नवीकरण

  • शुक्रबार, बैशाख २८, २०७५
पल्सर स्पोर्टस् अवार्डको लागि डिस होमसँग सम्झौता नवीकरण

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौतानवीकरण गरेको छ । मञ्चले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो ।

सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस होमको सामग्री उपलब्ध गराउनेछ । डिस होम विगत ८ वर्षदेखि मञ्चको अवार्डसँग जोडिएको छ । सम्झौतामा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र डिस होमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप आचार्यले हस्ताक्षर गरे । सम्झौतासँगै अवार्डको नाम अनुसार डिस होमले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ इन एशोसियसन विथ डिस होम एक्सन स्पोर्टस्’ हुनेछ ।

सम्झौतापछि डिस होमका सिइओ सुदिप आचार्यले अवार्डसँग विगत लामो समयदेखि जोडिरहन पाउनु खुशीको कुरा रहेको बताए । यस्तै मत्तचका अध्यक्ष महेश आचार्यले अवार्ड ग्रो हुदै गएको अवस्थामा डिस होमसँगको सहकार्य पनि ग्रो हुदै गएको बताए ।

यसपटको अवार्डको मनोनयनमा पर्ने सबै २८ खेलाडी र एसएमएस भोटिङकबो लक्की ५ विजेता गरी ३३ जनाले डिस होमको सेटप बक्स प्राप्त गर्नेछ । विजेतालाई एक वर्षको रिचार्ज निशुल्क गरिनेछ । यस्तै मनोनयनमा परेका खेलाडीले २ हजारको रिचार्ज कार्ड र सेटप बक्स प्रखान गरिनेछ ।

यसवर्षको अवार्ड आगमी बिहिबार जेठ ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । यो वर्षपनि विभिन्न ८ विधामा नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डबाट सम्मान गरिनेछ । जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ को लागि ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । अन्य ४ विधाको मनोनयन केही दिनमै गर्ने मञ्चले जनाएको छ ।

विगतमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । उक्त पुरस्कारलाई यसपाली पनि निरन्तरता दिइनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरूलाई प्रदान गरिने छ । पल्सर स्पोर्ट्स अवार्डलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि