• होमपेज
  • समाचार
  • आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बिच हस्पिटलाईजेशन सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बिच हस्पिटलाईजेशन सम्झौता

  • बिहिबार, बैशाख २७, २०७५
आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बिच हस्पिटलाईजेशन सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि. बिच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म बि एण्ड बि अस्पाताल प्रा.लि.बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ साथै ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुचलाई सुनिश्चित गर्नेछ ।

यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्ने प्रतिवद्धता सहित आफ्ना कार्यहरु विस्तार गर्दै जानेछ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बि एण्ड बि अस्पताल प्रा.लि.का तर्फबाट उप निर्देशक डा. निरज लाल बैद्यले हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार