• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्स बैंकद्वारा रक्तदान कार्यक्रम

सिटिजन्स बैंकद्वारा रक्तदान कार्यक्रम

  • सोमवार, बैशाख २४, २०७५
सिटिजन्स बैंकद्वारा रक्तदान कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एघार वर्ष पूरा गरी बार्हौ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।

एघाराँै वार्षिकोत्सवको सुखद अवसरमा बैंकले ‘रक्तदान जिवनदान’ को नारालाई सार्थक बनाउँदैे नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । बैंकले उपत्यका भित्र केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त सामाखुशी, बौद्ध, ठिमी, कीर्तिपुर शाखाहरु तथा उपत्यका बाहिरका बीरगंज, बिराटनगर, सिमलचौर पोखरा नेपालगंज र महेन्द्रनगर गरी कुल १० स्थानबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय नारायणहिटी पथमा सम्पन्न रक्तदान कार्यक्रममा ३५, सामाखुशी शाखामा ४२, बौद्ध शाखामा ४४ , ठिमी शाखामा २९, कीर्तिपुर शाखामा २०, बिराटनगर शाखामा ३९, बिरगंज शाखामा ७० , सिमलचौर पोखरा शाखामा ४१, महेन्द्रनगर शाखामा १९ र नेपालगंज शाखामा ५ गरी कुल ३४४ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६९वटा ए.टि.एम.बाट करिब तीन लाख पैतिस हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको यस बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रयमास सम्ममा रु.६० अर्व २५ करोड निक्षेप संकलन गरि रु. ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको तथा सोहि अवधि भित्र रु.१ अर्व १७ करोड ७४ लाख संचालन मुनाफा र रु.१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमस ३२.Þ७२ र १४ं.३९ प्रतिशतले वृद्धि भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा