• होमपेज
  • मनोरञ्जन
  • फिल्म ‘गोपी’ निर्माण हुने

फिल्म ‘गोपी’ निर्माण हुने

  • बिहिबार, बैशाख २०, २०७५
फिल्म ‘गोपी’ निर्माण हुने

आरोही इन्टरटेनमेन्टको ब्यानरमा फिल्म ‘गोपी’ निर्माण घोषणा भएको छ । देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने मूल कथाबस्तुमा आधारित रहेर फिल्म बनाउने निर्माण पक्षले बताएको छ ।

‘कठिन परिस्थिति र जटिल परिवेश हुँदाहुँदै पनि बर्तमान समयामा स्वदेशमै सपनाको खेति गर्ने युवा प्रति समर्पित फिल्म हो ’गोपी’ । दर्शकलाई मनोरंजन साथै केहि प्रेरणा, आशा र केहि उर्जा दिन फिल्म सफल हुने बताइएको छ ।

दीपेन्द्र लामाको कथारनिर्देशन, सामिप्यराज तिमल्सिनाको पटकथा तथा श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्म आरोही केसीले निर्माण गर्न लागेकी हुन ।

फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अन्कित खड्का, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहने छ । फिल्ममा शैलेन्द्र डि कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन रहनेछ ।

Facebook Comments

सम्बन्धित समाचार