दादागिरी बन्द गर ।

  • सोमवार, बैशाख १७, २०७५
दादागिरी बन्द गर ।

नेपाली बैंक र वित्तिय संस्थाहरुमा सञ्चालकहरुको दादागिरी चलेपछि बैंक व्यवस्थापन निरिह बन्दै गएको प्रस्ट छ । दर्जनौं बैंकका सिइओहरुले दबाब खप्न नसकेपछि पदबाटै राजीनामा दिए पनि अझै खास गरि वाणिज्य बैंकहरुमा सञ्चालक र अध्यक्षहरुको दादागिरी र हस्तक्षेप घटेको छैन ।

नेपाल राष्ट्र बैंकले एक पछि अर्को गर्दै सञ्चालक हुने निर्देशिका जारी गरेपनि कार्यान्वयन भएको पाइदैन । हालै राष्ट्र बैंकले स्नातकोत्तर उत्तीर्ण भएको र बैंकिङ, वित्तिय संस्था सम्बन्धी अनुभव संगालेकाले मात्रै बैंकको सञ्चालक हुन पाउने पछिल्लो निर्देशिका जारी गरेको छ । त्यसैबाट सयौं सञ्चालकको पद धरापमा पुगेको छ ।

अधिकांश बैंकमा एस.एल.सी फेल र बैंकिङ र वित्तय सम्बन्धी अनुभव नै नभएका सञ्चालक हुने र उनीहरुको बहुमतबाट अध्यक्ष चुनिने परम्परा छ । त्यही अध्यक्षको टिमले बैंक व्यवस्थापनमा कब्जा गरि बैंकको गार्ड राख्ने देखि अर्बैको कर्जा प्रवाह सम्म हस्तक्षेप गर्ने परम्परा छ । यसैको फलस्वरुप एपेक्स विकास बैंकमा २ अर्ब भन्दा बढी कर्जा दुरुपयोग भएको थियो

कुमारी बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंकमा गार्ड देखि कर्जा प्रवाह गर्ने काममा समेत अध्यक्ष र सञ्चालकहरुको सलग्नता देखिदै आएको छ ।

केही बैंकमा फिनाकल–१० ‘सफ्टवेयर’ खरिदमा अध्यक्ष र सञ्चालकहरुके सलग्नताबाटै भएको भेटिएको छ । यसले सञ्चाालकहरुलाई मोटो कमिशन समेत हात परेको छ । यी र यस्ता कार्यको अन्त्य हुनु बैंक र वित्तिय संस्थामा जरुरी देखिन्छ ।

सिभिल बैंक, सेञ्चुरी बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, नबिल बैंक भित्र सञ्चालकहरुको चर्को हस्तक्षेप बढेपछि राष्ट्र बैंकले नयाँ निर्देशिका जारी गरेको भेटिएको छ । यदि समयमै राष्ट्र बैंक अझै सचेत नभएमा जनताको डिपोजित माथि फूपूको श्राद्ध हुने निश्चित देखिन्छ । चेतना भया ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि