• होमपेज
  • फिचर
  • ढुंगाना अष्ट्रेलिया भाग्ने तयारीमा

ढुंगाना अष्ट्रेलिया भाग्ने तयारीमा

  • सोमवार, बैशाख १०, २०७५
ढुंगाना अष्ट्रेलिया भाग्ने तयारीमा

भूपेन्द्र आचार्य । आफूलाई नेपाल वाणिज्य बैंकको ‘डन’ हुँ भन्ने आर्थिक माफिया एवं नेपाल बैंकर संघका विवादास्पद अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाका एनबी बैंकमा भएको घोटला काण्डका सबै फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन् ।

राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालमाथि नै अख्तियार लगाउने तयारी भएपछि डा. नेपालले आफू बच्न ढुंगाना लगायत दर्जनौं बैंकरका घोटाला फाइल अख्तियार पठाएको स्रोतको दाबी छ ।

एनबी बैंकका सदाबहार सीइओ एवं नेपाल बैंकर संघका विवादास्पद अध्यक्ष ढुंगाना विरुद्ध पटक–पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी विरुद्ध छानबिन अगाडि बढाएको अख्तियारले राष्ट्र बैंकमार्फत ढुंङानाका घोटाला फाइल झिकाएपछि उनी अष्ट्रेलिया भाग्ने तयारीमा रहेको स्रोतको दाबी छ ।

५१ प्रतिशत बंगालीको शेयर रहेको नेपाल बंगलादेश बैंकमा उनले बंगालीलाई खुशी बनाउन नेपाली मैया प्रयोग गरेर फाइदा लिँदै आएका छन् । उनी अष्ट्रेलियाका ग्रिन कार्ड होल्डर हुन् ।

कांग्रेसी गर्भनर डा. चिरन्जीवी नेपाललाई हात लिएर दर्जनांै काण्ड मिलाउँदै आएका ढुंगाना आफैं फस्ते भएपछि एनबी बैंकको भविष्य तहसनहस हुने प्रष्टै छ । आफूलाई वाणिज्य बैंकको राजा सम्झने ढुंगाना रक्सी खाएपछि पेन्टको चेन खुस्केको पनि पत्तो नपाउने आर्थिक माफिया हुन् ।

एनबी ग्रुप र पुराना ऋणीहरूलाई करोडपतिबाट रोडपति बनाउन सफल ढुंगाना बैंकको पैसामा १ करोड १८ लाखको गाडी र १० करोडको बंगलामा मोज गरिरहेका छन् । २ खुट्टा भएकी मैया भेटेपछि हुरुक्क हुने ढुंगानाकै कारण सयौं ऋणी रोडपति भए भने एनबी ग्रुप सडकमा पुगेको छ ।

पूँजी वृद्धिको लागि ८० प्रतिशत राइट शेयर दिने निर्णयको सूचना १ महिना अगाडि नै चुहावट गरेर करोडौं कुम्लाएरका ढुंगाना अब जेल जाने निश्चित बनेको एनबी बैंकका एक नेपाली संचालकले  बताए ।

बंगाली अध्यक्ष जलाल अहमद रहेको एनबी बैंकमा सीइओ ढुंगानाको क्रियाकलाप शंकास्पद लागेपछि बंगलादेशबाटै डिपुटी सीइओ जावेद एकबाललाई बैंक भित्र्याएको ती सञ्चालकले बताए ।

रक्सी खाएपछि पत्रकारलाई नानाथरीको गाली गर्ने ढुंगाना अहिले केटी काण्डमा परिवारबीच चर्को विवाद भएको समेत खुलासा भएको छ । सधंै रक्सी खाएर घर पुग्ने ढुंगानाको वैवाहिक सम्बन्ध विच्छेदको कुरा उठेको पारिवारिक स्रोतको दाबी छ ।

बैंकको लोगो सार्वजनिक गर्ने अन्नपूर्ण होटलको कार्यक्रममा गर्तवर्ष ढुंगानाले एक बैंककै कर्मचारीमाथि रक्सी खाएर दुव्र्यवहार गरेका थिए । पछि ती महिला कर्मचारीलाई बढुवा गरी बाहिर आएन । त्यस्ता नालायक ढुंगाना अब अख्तियारको घेराउमा परेको छ । उनी विरुद्ध दर्जनौं बैंकर लागेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा