सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एघार वर्ष पूरा गरी बार्हौ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकका अध्यक्ष डा .शंकर प्रसाद शर्माको सभापतित्वमा बैंकको मुख्य कार्यालय भवनमा पत्रकार सम्मेलन तथा अन्य महत्वपुर्ण कार्यक्रमहरू आयोजना गरेको छ ।
बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीन लाख पैतिस हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको यस बैंकले तेस्रो त्रयमास सम्ममा रु.६० अर्व २५करोड निक्षेप संकलन गरि रु. ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको तथा सोहि अवधि भित्र रु.१ अर्व १७ करोड ७४लाख संचालन मुनाफा र रु.१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमस ३२।Þ७२ प्रतिशत र १४ं।३९ प्रतिशतले वृद्धि भएको छ ।
बैंकमा निरन्तर दुई कार्यकाल पुरा गरी सञ्चालक समितिमा योगदान पु¥याउनु भएका सञ्चालकज्यूलाई ‘दीर्घ सेवा सम्मान पदक’ र बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ अध्यक्षबाट वितरण गरिऐको छ ।