• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्सद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग

सिटिजन्सद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग

  • शुक्रबार, चैत्र ९, २०७४
सिटिजन्सद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब २५ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई रू १५०००० को आर्थिक सहयोग उपलब्ध गराएको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले रू एक लाख पचास हजारको चेक संस्थाको कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका छन् । बाल विकास समाजका अध्यक्ष सुवास गौतमले सो रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा जानकारी गराए ।

कार्यक्रमलाई सँबोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवस्यक रहेको कुरालाई जोड दिए । उपस्थित गरीब तथा जेहन्दार बिद्यार्थीका अभिभाबकहरुलाई गरीब जन्मिनुमा मानबको गल्ति रहदैन तर गरिब भएर संसार बाट बिदा हुनुमा मानब स्वयम जिम्मेवार रहने कुरा व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार