• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइज बैंकद्घारा छात्रवृत्ति वितरण

सन्राइज बैंकद्घारा छात्रवृत्ति वितरण

  • मङ्लबार, चैत्र ६, २०७४
सन्राइज बैंकद्घारा छात्रवृत्ति वितरण

सन्राइज बैंक लिमिटेडले बैंक सञ्चालनको दश वर्ष पुगेको अवसरमा वर्ष भरिनै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।
यसै क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित विभिन्न छ वटा विद्यालयहरुमा अध्ययनरत १० जना बालबालिकाहरुलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेको छ ।
उतm कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दिपक नेपाल, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी, नायब महाप्रबन्धकद्घय अपछ कुमार यादव, रविन कुमार नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार