• होमपेज
  • कृषि
  • गाईपालनमा महिलाको आकर्षण बढ्दो

गाईपालनमा महिलाको आकर्षण बढ्दो

  • आइतवार, फाल्गुन २०, २०७४
गाईपालनमा महिलाको आकर्षण बढ्दो

आर्थिक रुपमा परनिर्भर हुँदै आइरहेका पाल्पाका महिला पछिल्लो समय आयआर्जनका निम्ति गाईपालनमा आकर्षित बन्दै गएका छन् ।

गाईपालन व्यवसाय शुरु गरेपछि महिला परनिर्भर हुनुपर्ने अवस्था हट्दै गएको छ । जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेका रमा घर्ती गाईपालन व्यवसायबाट आत्मनिर्भर बन्दै गएको छ । उहाँ जिल्लामै गाईपालन व्यवसायमा सफल व्यवसायीका रुपमा चिनिनुहुन्छ । आज भन्दा झण्डै दशवर्ष अघि दुईवटा गाईबाट व्यवसाय चलाउनु भएकी घर्तीले अहिले ९ वटा जर्सी र होलस्टिन जातको गाई पाल्नुभएको छ ।

दैनिक एक सय लिटर दूध बिक्रीबाट उहाँले मासिक रु एक लाखसम्म आम्दानी गर्नुहुन्छ । “गाईबाट नसोचेको आम्दानी भएको छ, पहिला घरभित्रको काममा मात्र सीमित थिएँ, अहिले जिल्लामै नमूना व्यवसायीका रुपमा चिनिन पाउँदा गौरव लागेको छ” उहाँले भन्नुभयो । घर्ती पाल्पा क्षेत्र नं १ प्रदेश ‘ख’ बाट समानुपातिकतर्फको प्रदेशसभा सदस्य हुनुुहुन्छ ।

त्यस्तै तानसेन नगरपालिका अर्गलीका पवित्रा गैरेको पनि आम्दानीको बलियो र दिगो स्रोत गाईपालन व्यवसाय नै बनेको छ । तत्कालिन माओवादीका पूर्वलडाकु गैरेले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा नै गाईफार्म सञ्चालन गर्नुभएको छ । सो फार्ममा हाल १८ वटा गाई छन् । दैनिक ७० लिटरसम्म दूध बिक्रीगरे वापत उहाँले मासिक रु ५० हजारसम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ ।

गैरेले रु पाँच लाखको लागतमा यो व्यवसाय शुरु गर्नुभएको हो । आर्थिक विकासबिना सामाजिक विकास गर्न नसिकने भएकाले आर्थिक सबलीकरणका लागि यो व्यवसाय सञ्चालन गरेको उहाँको भनाई छ ।

तानसेन नगरपालिका– ९ दमकडाका सुमा बञ्जाडे पनि वैदेशिक रोजगारी छाडेर गाईपालन व्यवसायमा लाग्नुभएको छ । छ वर्षसम्म विदेशमा काम गरेर स्वदेश फर्कनुभएकी बञ्जाडेको फार्ममा अहिले दशवटा उन्नत जातका गाई छन् । दैनिक ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्ने बञ्जाडेले मासिक रु ५० हजारसम्म आम्दानी लिँदै आएको बताउनुहुन्छ ।

“घरको आर्थिक समस्याका कारण महिला भएर पनि बाध्य भई विदेश पुग्नुपरेको छ, उहाँले भन्नुभयो– विदेशमा कमाएको त्यही धनले अहिले गाईफार्ममा लगानी गरेको छु ।”

त्यस्तै रामपुर नगरपालिका– ६ का विष्णुदेवी गैरे पनि चारवर्ष अघिदेखि गाईफार्म सञ्चालन गरिरहनुभएको छ । दूध बिक्रीबाट मासिक रु ५० हजार बराबरको आम्दानी लिँदै आउनुभएकी गैरेको फार्ममा अहिले जर्सी र होलस्टिन जातका दशवटा गाई छन् । जीवनमा निकै दःुख झल्नुभएकी गैरेलाई गाईपालन व्यवसायबाट मनग्य आम्दानी हुनथालेपछि उहाँ यो व्यवसायबाट खुशी हुनुहुन्छ ।

महिलाले केही गर्न सक्दैनन् भन्ने पुरानो मानसिकताबाट अब मुक्त हुनुपर्छ, हिम्मत गरें नसक्ने पो के छ र ? “मेहनत गरियो भने अवश्य पनि सफलता पाइदोरहेछ भन्ने उदाहरण बनेका छन्– पाल्पाली महिला (सुशिला रेग्मी )

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि