गोकर्णेश्वर नगरपालिका (गो.न.पा.)का प्रमुख सन्तोष चालिसेले नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. कोे काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६, नारायणटार, जोरपाटीमा संचालित शाखा कार्यालयको कार्यक्रमकाबीच बिधिवत उद्घाटन गर्दै यस क्षेत्रमा अन्य बैंकहरुको पनि उपस्थिति रहेको र एनसीसी बैंकले प्रतिष्पर्धि रुपमा सहज र गुणस्तरीय सेवा पु¥याउनुका साथै उक्त कार्यमा आफ्नो तर्फबाट सहयोग रहने भन्दै शुभकामना व्यक्त गरे ।
गो.न.पा.का वडा नंं ५, ६ र ७ का वडाध्यक्षहरु क्रमशः नारायण सुवेदी, रमेश अर्याल र केशव गुरुङ्गले एनसीसी बैंकले यस क्षेत्रको समग्र आर्थिक गतिविधिलाई बैंकिङ्ग प्रणालीमा समावेश गर्दै सेवा पु¥याउन सफल हुनेछ भन्दै शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले आफू पनि यसै क्षेत्रको वासिन्दा भएको र जनप्रतिनिधिहरुवाट समेत सहयोगको अपेक्षा सहित यस क्षेत्रमा स्थापित शाखाको पहिचान वनाउने कुरामा आफू विश्वस्त रहेको विचार राख्नु भयो ।
कार्यक्रमका अध्यक्ष एवं एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस क्षेत्रका जनप्रतिनिधिहरुको सहयोग र शुभेच्छा व्यक्त गरे अनुरुप यो शाखा बैंकका शाखाहरु मध्ये १ नं शाखाका रुपमा स्थापित हुने कुरामा थप हौसला मिलेको विचार व्यक्त गरेका थिए ।