• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा

एन आई सी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा

  • आइतवार, फाल्गुन ६, २०७४
एन आई सी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा

 

 

एन आई सी एशिया बैंकको नयाँ शाखा देवदह न. पा. ५, खैरेनी, रुपन्देही स्थित खैरेनी शाखाकोे एक समारोहका बिच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । खैरेनी शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार