• होमपेज
  • कृषि
  • भुँई स्याउ गर्ने राई नमूना कृषक बन्ने धुनमा

भुँई स्याउ गर्ने राई नमूना कृषक बन्ने धुनमा

  • मङ्लबार, पुस २५, २०७४
भुँई स्याउ गर्ने राई नमूना कृषक बन्ने धुनमा

मोरङमा पहिलो पटक भुँई स्याउ अर्थात (ग्राउण्ड एप्पल) को व्यावसायिक खेती शुरु भएको छ ।

मोरङमा पहिलोपटक पाँच रोपनी जग्गामा परीक्षणको रुपमा खेती शुरु गर्नुभएका मोरङको पहाडी गाउँ केराबारी–२ का ५५ वर्षीय नारायण राईले गत वर्ष मात्र रु ७० हजारको भुँई स्याउ बेच्नुभयो । घरमै खरिद गर्न पुगेकालाई प्रतिकेजी रु ७० का दरले बिक्री गरेको बताउँदै राईले भन्नुभयो, “तराईका बजारमा पु¥याउँदा प्रतिकेजी रु २०० सम्ममा बिक्री भयो । भुँई स्याउको माग बढेपछि उहाँले यो वर्ष १० रोपनीमा बाली लगाउनु भएको छ ।

राईकी पत्नी बीना खजुमले भन्नुभयो, “भुँई स्याउलाई मल पु¥याउन गाह्रो भयो । सडक विकट छ, गोबर मलले मात्र उत्पादन लिन समस्या भयो, रासायनिक मल गाउँसम्म पु¥याउन सकिएन, त्यसैले सोचे जति उत्पादन लिन सकिएन ।”

प्रतिबोट १० देखि १५ केजीसम्म उत्पादन हुने भुँई स्याउ मधुमेह र उच्च रक्तचापका रोगीका लागि उपयोगी हुने बताइन्छ । नारायण राई यतिबेला दुई चार पैसा कमाउने ध्याउन्नमा मात्र हुनुहुन्न । गाउँ, जिल्ला र राष्ट्रका लागि कृषि उद्यम गरेर नमूना बन्ने सपना बुनिरहनुभएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको खोर्सानेबाट १७ किलोमिटर उत्तरमा पर्ने पर्यटकीय क्षेत्र जेफालेको काखमा राईले कृषि व्यवसायबाटै ५० जनाभन्दा बढीलाई रोजगार दिनुभएको छ ।

गाउँमा कोही जग्गा बेच्ने भए भने राई नै किनी दिनुहुन्छ । भन्नुहुन्छ, “सबै सुख खोज्न तराई झरिरहेका छन् । म यहीँ सुख खोजिरहेको छु ।” उहाँको जग्गामा चिया मात्र छैन । कफीखेती पनि शुरु गर्नुभएको छ । कागती तथा सुन्तला जातको समेत खेती थाल्नुभएका राई भन्नुहुन्छ, “धानबाहेक यो भूगोलमा सबै खेती गर्न सकिने रहेछ ।”

उहाँले अम्लिसो, अदुवा पनि झण्डै १०० रोपनीमा लगाउनुभएको छ । भन्नुहुन्छ, “राज्यले सडक, सञ्चार र सुरक्षाको प्रत्याभूति गर्ने हो भने सिंहदेवी मोरङको मात्र होइन, नेपाल कै नमूना कृषि उद्यमको गाउँ बन्न सक्छ ।”

त्यसो त कृषि व्यवसायमा लगाएको राईको प्रारम्भिक पूँजी स्वदेशमा कमाएको होइन । ११ वर्ष ओमानमा पसिना बगाएर कमाएको सिरिखुरी सबै सम्पत्ति उहाँले कृषि कर्ममा लगाउनु भएको हो । रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि