• होमपेज
  • कृषि
  • कफी खेतीको विकासका लागि समूह

कफी खेतीको विकासका लागि समूह

  • मङ्लबार, पुस २५, २०७४
कफी खेतीको विकासका लागि समूह

तेह्रथुमको आठराई गाउँपालिकामा कफी खेतीको विकास र विस्तारका लागि गाउँपालिका स्तरीय कफी कृषक समूह गठन भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा दुई दिने कफी खेती प्रविधिसम्बन्धी प्रशिक्षण पछि कफी खेतीको विकास र विस्तारका लागि किसान उत्साहित भएका हुन् ।

किसानले हरिप्रसाद डाँगीको अध्यक्षतामा ११ सदस्यीय समूह बनाएका छन् । समूहको उपाध्यक्षमा निर्मला इङनाम, सचिवमा राजेन्द्र मिश्र, सहसचिवमा राजेन्द्र निरौला र कोषाध्यक्षमा यशोदा निरौला रहेका छन् । कफी खेतीको उच्च सम्भावना देखिएकाले किसानलाई प्रशिक्षण कार्यक्रमपछि आगामी दिनमा खेती प्रविधिको विकास र खेती विस्तारका लागि समूह गठन गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य भोजराज प्रधानले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा किसानलाई प्रांगारिक कफी खेती प्रविधि, कफी खेतीका लागि उपयुक्त हावापानी, माटो, रोग तथा तिनको निराकरणका बारेमा कृषि प्राविधिक दीपक चौधरीले सहजीकरण गरेका थिए । कार्यक्रम समापनको अवसरमा बोल्दै आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले आठराई क्षेत्रमा कफी खेतीको सम्भावना उल्लेख्य रहेको भन्दै किसानको चाहनालाई ध्यानमा राखेर कार्यक्रम बनाई अघि बढ्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा आठराई गाउँपालिकाका २६ जना किसान सहभागी थिए । चिया तथा कफी विकास बोर्डकै आयोजनामा पुस २६ र २७ गते फेदाप गाउँपालिकामा समेत प्रशिक्षण कार्यक्रम राखिएको बोर्डका सदस्य प्रधानले बताउनुभयो । आठराई गाउँपालिकाका सयौँ किसानले गत वर्षबाट बोर्डको सहयोगमा कफी खेती थालेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि