• होमपेज
  • मनोरञ्जन
  • रञ्जितको ‘आउन माया आउ’ सार्वजनिक

रञ्जितको ‘आउन माया आउ’ सार्वजनिक

  • सोमवार, पुस २४, २०७४
रञ्जितको ‘आउन माया आउ’ सार्वजनिक

लोकप्रिय गायक रञ्जित लामाको आउन माया आउ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा सक्रिय गायक लामा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रमहरुमा आफ्नो गायन कला देखाइसकेका छन् । संगीतको औपचारिक शिक्षा लिएका लामा नेपाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
प्रारम्भ भाग ३ मा संग्रहित यस गीतमा सञ्जिव सिंहको शब्द संगीत रहेको छ भने सुदिप सिंहको एरेन्ज रहेको छ ।
सार्वजनिक भएको म्युजिक भिडियोमा धनजित लामा र प्रिया लिम्बुको अभिनय रहेको छ । रायन काकीको निर्देशन रहेको भिडियोलाई प्रेम लामाले छायांकन गरेका छन् भने प्रविण श्रेष्ठको सम्पादन रहेको छ ।

मिडियो हेनुसः–

Facebook Comments

सम्बन्धित समाचार