• होमपेज
  • फिचर
  • २ अर्ब पैसा बंगलादेश पुर्याएको खुलासा

२ अर्ब पैसा बंगलादेश पुर्याएको खुलासा

  • शनिबार, पुस २२, २०७४
२ अर्ब पैसा बंगलादेश पुर्याएको खुलासा

नेपाली बैंक र वित्तिय क्षेत्रमा कति सम्म अनियमिता हुन्छ भन्ने कुरा एउटा घटनाबाटै प्रस्ट हुन्छ । सुन्दा पत्याउनै गाह्रो तर सत्य यो घटना नेपाल बंगलादेश बैंक लिमिटेड भित्रको हो । नेपालको एनबी ग्रुप र बंगलादेशको एउटा बैंकको संयुक्त लगानीमा विगत २ वर्ष अगाडी स्थापना भएको नेपाल बंगलादेश बैंकबाट वार्षिकरुपमा नेपाली २ अर्ब रुपैया बंगलादेश पुग्ने गरेको रहस्य हालै खुलेको छ ।

करिब ५२ प्रतिशत वंगालीहरुको प्रमोटर शेयर रहेको यस बैंकबाट बोनस, लाभाश र अन्य सबै उपाय रची करिब २ अर्ब नेपाली पैसा वर्षैपिछे बंगलादेश जाने गरेको छ ।

बिगत ९ वर्षदेखि ज्ञानेद्र प्रसाद ढुङ्गाना एनबी बैंकका सिइओ छन् । उनी राष्ट्र बैंकका पुर्व कर्मचारी पनि हुन । उनी बैंकमा पुगेपछि नेपाली लगानीकर्ता एनवी ग्रुप सडकमा पुगेपछि बंगालीले बैंकमा मोजमस्ती शुरु गरे । यही क्रम अझै जारी छ । बैंकमा सिइओ ढुङ्गानाले राष्ट्र बैंकका केही निर्देशकहरुलाई प्रवाहमा पारी नक्कली कागजपत्रकै आधारमा २ अर्ब भन्दा बढी पैसा वार्षिक रुपमा बंगलादेश पुर्याउने गरेको छ ।

बैंकको नक्कली नाफा राष्ट्र बैंकबाट पास गराई पटक÷पटक बोनस र लाभाशं पारित गराई बंगाली मोटाउने काम गर्न माहिर सिइओ ढुङ्गानालाई फेरी तेश्रो कार्यकालका लागि सिइओ थप गरिएको छ । तर राष्ट्र बैंक बोल्दैन ।

राष्ट्र बैंकका गर्भनर डा. चिरनजिवी नेपालले काँग्रेसी भएकै नाताले नेपाल बंगलादेश बैंकका सिइओ ढुङ्गानालाई सबै छुट दिएका छन् । यतिसम्मकी ढुङ्गानालाई राष्ट्र बैंकले केही पत्र नै काट्दैन । अहिले शेयरधनी, प्रमोटर र संचालकहरुनै ढुङ्गानालाई तेश्रो कार्यकालको स्वीकृत नदिन राष्ट्र बैंक पुगे पनि गर्भनर डा.नेपालले कुनै चासो नै दिएनन । त्यसपछि अहिले सञ्चालक र प्रमोटर अख्तियारको ढोका ढकढकाउन पुगेका छन् ।

सिइओ ज्ञानेन्द्र ढुङ्गाना दिनै जनताको पैसामा फुपुको श्राद्ध गर्दै आएका छन् । बैंकका महिला कर्मचारी माथी दुरव्यवहार, कर्जामा कमिशन देखि कर्पोरेट भवनको जग्गा किन्दा समेत मोटो कमिशनको मोलमोलाई गर्ने ढुङ्गानालाई गर्भनरले किन बोकेको छन् । यसको खोजी अब हामीले शुरु गरेका छौं ।

व्यापारीहरुलाई कर्जा अर्बै दिएवापत करोडौ कमाएका सिइओ ढुङ्गानाले १ करोड १८ लाखको गाडी र २० करोडको बंगला खरिद गरे । बैंकको जग्गा समेत खरिद प्रकरणमा समेत कमिशनमा कुरा नमिलेपछि ढुङ्गाना पछि हटेको भेटिएको छ ।
रक्सी खाएपछि सुरुवालको इजार समेत फुत्केको पत्तो नपाउने ढुङ्गानाले बंगालीलाई नेपाली सुन्दरी र अर्बै नेपाली पैसाको चाजो पाजो मिलाउने गरेका एक बैंकका डिजिएमले राजतिलक साप्ताहिकलाई बताए ।

अष्टे«लियाका ग्रिन कार्ड होल्डर सिइओ ढुङ्गानाले जनताको पैसामा फुपुको श्राद्ध गरेको पैसा हुण्डी गरि अष्टे«लिया पुर्याउने गरेको समेत ती डिजिएमले बताए ।

बैंकका ति डिजिएमले भनेः– सबै सानो भन्दा सानो काम पनि सिइओले स्वीकृती गर्ने परम्परा हाम्रो बैंकमा छ । सबै अधिकार सिइओमा सिमित छ । यसले प्रस्टै छ । यहाँ के हुँदैन जे पनि भएको छ ।

पटक÷पटक अख्तियारले डामेका सिइओ ढुङ्गाना फेरि अख्तियारको कठघरामा पुग्ने निश्चित छ ।
बंगालीलाई सबै सूचना दिने र नेपाली पैसा सिधै बंगलादेश पु¥याउने यी आर्थिक माफिया ढुङ्गानालाई कारवाही गर्नुको साटो पत्र समेत नकाट्ने गर्भनर डा. नेपालले नै अब खण्डन गर्ने कि हाम्रो समाचारको ?

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि