• होमपेज
  • समाचार
  • टिकट नपाएको झोँकमा प्रेस चौतारीका अध्यक्षले दिए स्वतन्त्र उम्मेदवारी

टिकट नपाएको झोँकमा प्रेस चौतारीका अध्यक्षले दिए स्वतन्त्र उम्मेदवारी

  • बिहिबार, कार्तिक १६, २०७४
टिकट नपाएको झोँकमा प्रेस चौतारीका अध्यक्षले दिए स्वतन्त्र उम्मेदवारी

भीमदत्तनगर,कार्तिक १६ –

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि कञ्चनपुरमा पनि मनोनयन दर्ता भइरहेको छ। तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा सबै निर्वाचन कार्यालयहरु भीमदत्तनगरमा स्थापना भएका छन्।

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यका अनुसार बिहान १०स्२० बजे कर्णबहादुर चन्दले प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरे।

नेकपा ९एमाले० कञ्चनपुरका जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारीका जिल्ला अध्यक्षसमेत रहेका चन्दले निर्वाचन क्षेत्र नं ३ को ‘क’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्। नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धनबाट उक्त प्रदेशसभाका लागि प्रकाश रावललाई उम्मेदवार बनाइएको छ। पार्टी निर्णयलाई अस्वीकार गर्दै चन्द स्वतन्त्र उम्मेदवार बनेका हुन्।

Facebook Comments

सम्बन्धित समाचार