• होमपेज
  • समाचार
  • टि-२० विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

टि-२० विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

  • बिहिबार, कार्तिक १६, २०७४
टि-२० विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं,कार्तिक १६ –

आइसीसी महिला टि-२० विश्वकपको एसियाली छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा बुधबार ३ बैकल्पिकसहित १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम, पुरुष टोलीका प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसन थापा र कप्तान रुविना क्षेत्री सम्मिलित छनौट समिटिले नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीका सदस्यहरुमा

  1.  रुविना क्षेत्री (कप्तान)
  2.  सीता रानामगर (उपकप्तान)
  3. ज्योति पाण्डे
  4. सरिता मगर
  5. नेरी थापा
  6. रोमा थापा
  7. इन्दु बर्मा
  8. करुणा भण्डारी
  9. सोनु खड्का
  10. लक्ष्मी चौधरी
  11. रितु कनोजिया
  12. सवनम राई
  13. काजल श्रेष्ठ
  14. संगीता राई

बैकल्पिक खेलाडी

  1.  कविता कुँवर
  2. नितु भण्डारी
  3. रेखा रावल

थाइल्याण्डमा आगामी मंसिर ४ देखि ११ गतेसम्म सन् २०१८ मा हुने महिला टि-२० विश्वकपका लागि एशियाली छनोट हुनेछ । प्रतियोगितामा नेपाल र थाइल्याण्डसहित हङकङ, चीन, मलेसिया र युएई गरी ६ टिमको सहभागिता हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल मंसिर ४ गते आयोजक थाइल्याण्डसँग खेल्नेछ भने दोस्रो खेल ५ गते हङकङसँग र तेस्रो खेल ७ गते युएईसँग खेल्नेछ ।

समूहको आफ्नो चौथो खेल नेपालले मंसिर ८ गते मलेसियासँग र अन्तिम खेल चीनसँग मंसिर १० गते खेल्नेछ ।

प्रतियोगिताको उपाधि बिजेता टोली आईसीसी महिला टि(२० विश्वकपको ग्लोवल क्वालिफायरका लागि छनोट हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार