• होमपेज
  • देश
  • थारु पत्रकारद्धारा २७ जना थारु जनप्रतिनिधि सम्मानित

थारु पत्रकारद्धारा २७ जना थारु जनप्रतिनिधि सम्मानित

  • मङ्लबार, अशोज ३१, २०७४
थारु पत्रकारद्धारा २७ जना थारु जनप्रतिनिधि सम्मानित

दुष्यन्त चौधरी,

बारा (कलैया), असोज ३१–

२० वर्ष लामो समयपछि हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा २७ जना थारू निर्वाचित जनप्रतिनिधिलाई एक कार्यक्रम बिच सम्मान गरिएको छ ।

थारू पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति बाराको आयोजनामा कलैयास्थित रहेको थारू कल्याणकारीणी सभामा सोमबार निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो। संघका अध्यक्ष रेनु कुमारी चौधरीको अध्यक्षतामा तथा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको प्रमुख आतिथ्यतामा थारू निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

कार्यक्रममा करैयामाई गाउँपालिकाका प्रमुख भुवनेश्वर धामी, बारागढी गाउँपालिकाका प्रमुख देवदत्त बछाड, जितपुर–सिमरा उप–महानगरपालिकाका उपमेयर सरस्वती देवी चौधरी, कोल्हवी नगरपालिकाका उप प्रमुख सुनैना देवी चौधरी, करैयामाई गाउँपालिकाका उपप्रमुख चित्ररेखा कुमारी चौधरीलगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यसैगरी बारागढी गाउँपालिकाका वडा नं.२ २ का लाकृष्णप्रसाद चौधरी, ४ का अध्यक्ष रामकृपाल चौधरी, ५ का अध्यक्ष मनेजर चौधरी, १ का अध्यक्ष नन्दलाल राय थारु, करैयामाई गाउँपालिका वडा नं. २ का अध्यक्ष सुरेन्द्र चौधरी, ५ का अध्यक्ष उमेशप्रसाद चौधरी, ६ का अध्यक्ष राजकुमार चौधरी, ७ का अध्यक्ष बिरिज चौधरीलाई सम्मान गरिएको छ।

साथै कलैया उपमहानगरपालिकाका वडा नं.११ का अध्यक्ष सर्वनारायण चौधरी, २४ का अध्यक्ष हरिलाल चौधरी, कोल्हवी नगरपालिकाका वडा नं.१ का अध्यक्ष वीरेन्द्र प्रसाद चौधरी, ३ का अध्यक्ष किसुनदयाल चौधरी थारु, ५ का अध्यक्ष बासु प्रसाद चौधरी, ६ का अध्यक्ष पुरन दे्व चौधरी, ७ का अध्यक्ष वीरेन्द्रप्रसाद चौधरी, ९ का अध्यक्ष योगेश चौधरी, १० का अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी, ११ का अध्यक्ष नन्दकिशोर चौधरी सम्मानित भएका छन् । यसैगरि जितपुर–सिमरा उपमहानगरपालिकाका वडा नं. ५ का अध्यक्ष मोहित चौधरी, ९ का अध्यक्ष प्रभुनाथ प्रसाद चौधरी, १२ का अध्यक्ष लालबाबु प्रसाद चौधरी, १३ का अध्यक्ष राजेन्द्र सिंह थारु लगायतका गरि २७ जना सम्मानित भएका थिए ।

सो कार्यक्रममा नेपाल परिवार दलका जिल्ला अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी, थारू कल्याणकारीणी सभाका अध्यक्ष रामप्रसाद चौधरी, सामाचकेवा बचत तथा ऋण सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद चौधरी, नेकपा एमाले उपाध्यक्ष देवनारायण चौधरी, राप्रपाका केन्द्रीय सदस्य गिरधारी प्रसाद चौधरी, प्रेस सेन्टरका अध्यक्ष रामबाबु मेहता, रिपोर्टर्स क्लब बाराका अध्यक्ष सिकेन्द्र पासवान, सशस्त्र प्रहरी उपरीक्षक बेनु प्रसाद पाठक, अनुसंधानका प्रमुख उतम खनाल, प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष जियालाल चौधरीले गरेका थिए । साथै कार्यक्रम संचालन अनिल प्रित तथा संघका महासचिव मदन चौधरीले गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने