• होमपेज
  • देश
  • गौचनलाई सरकारद्धारा सहिद घोषणा

गौचनलाई सरकारद्धारा सहिद घोषणा

  • शुक्रबार, अशोज २७, २०७४
गौचनलाई सरकारद्धारा सहिद घोषणा

काठमाडौं,असोज २७ –

गएको सोमबार राजधानीको शान्तिनगरमा अज्ञात समूहद्वारा हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सरकारले सहिद घोषणा गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गौचनलाई सहिद घोषणा गरेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

निर्माण व्यवसायी तथा गौचनका आफन्तले सहिद घोषणाको माग गर्दै गौचनको शव बुझ्न मानेका थिएनन् । गृहमन्त्रीको प्रतिबद्धतापछि उनको बिहीबार अन्तिम संस्कार भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार