• होमपेज
  • देश
  • तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

  • बिहिबार, अशोज २६, २०७४
तिहार र छठका लागि पाँच करोडको स्याउ आयात

पथरी(मोरङ),असोज २६ –

तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।

पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजार खुद्रा पसल छन् । पूर्वाञ्चलको विभिन्न बजारलाई लक्षित गरेर विराटनगरको अधिकृत बिक्रेता नागेन्द्र ट्रेडर्सले आयात गरेको स्याउ बिक्री गर्दै आएको छ । भारतको हिमाञ्चल, कास्मिर र चीनबाट व्यापारीले स्याउ आयात गर्ने गरेका छन् ।

चिनियाँ स्याउको तुलनामा हिमाञ्चल प्रदेश र कास्मिरमा उत्पादन भएको स्याउ उपभोक्ताले बढी मन पराउने गरेका छन् । विराटनगर–६ स्थित केशलिया रोडमा स्याउको अधिकृत बिक्रेता नागेन्द्र टेड्रर्सका सञ्चालक नागेन्द्र दास अन्य समयको तुलनामा दशैँ, तिहार र छठ पर्वको बेलामा स्याउको माग बढी भएकाले बढी परिमाणमा आयात गरिएको बताउनुहुन्छ ।

इटहरी, धरान, विर्तामोड, विराटचौक, उर्लाबारी, इनरुवा, जनकपुरलगायत ठाउँमा दासले नै डिपो खोलेर स्याउ बिक्री गरिरहनुभएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा