• होमपेज
  • देश
  • बर्दियामा करेन्ट लागेर एकको मृत्यु

बर्दियामा करेन्ट लागेर एकको मृत्यु

  • बिहिबार, अशोज २६, २०७४
बर्दियामा करेन्ट लागेर एकको मृत्यु

बर्दिया,असोज २६ –

बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखरा जाँदै गरेको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागेर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेको ना ३ ख ५४८८ नंको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागी घाइते भएका बर्दिया बाँसगढी नगरपालिका– ३ का २० वर्षीय बलिराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

अर्का घाइते बाँसगढी–३ कै अर्जुन थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ । भुस बोकेको ट्रकमा बुधबार करेन्ट लाग्दा दुईजना घाइते भएका थिए । चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार