• होमपेज
  • मनोरञ्जन
  • साहित्यकार जगदीश शमशेरको ८८ बर्षमा निधन

साहित्यकार जगदीश शमशेरको ८८ बर्षमा निधन

  • मङ्लबार, अशोज २४, २०७४
साहित्यकार जगदीश शमशेरको ८८ बर्षमा निधन

काठमाडौं,असोज २३ –

साहित्यकार जगदीश शमशेर राणाको निधन भएको छ।

८८ वर्षीय राणाको भारतस्थित चण्डीगढमा सोमबार उपचार क्रममा निधन भएको हो। भारतको सिमलामा बस्दै आएका उनी एक वर्षयता श्वासप्रश्वासको रोगबाट पीडित थिए।

नेपाली साहित्यमा प्रयोगवादी धारबाट कलम चलाउने उनको कृति ‘नरसिंह अवतारुले २०३७ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। उनका सेतो ख्याकको आख्यान, दस दृष्टिकोण, नाचगानको राजधानी भक्तपुर, साठी वर्ष अघि र पछि लगायतका कृति प्रकाशित छन्।

१९८६ भदौ ३ गते बबरमहलमा जन्मिएका राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा सुरु गरेका थिए। २०१५ को आमनिर्वाचनमा उनी अछामबाट प्रतिनिधिसभाका लागि कांग्रेसबाट उम्मेदवार बनेका थिए। गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका उनी २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

२०५० मा उनी नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य समेत बनेका थिए।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि