• होमपेज
  • अर्थ/वाणिज्य
  • नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउदलाई नियुक्त

नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउदलाई नियुक्त

  • सोमवार, अशोज २३, २०७४
नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउदलाई नियुक्त

काठमाडौं, असोज २३ –

सरकारले नेपाल स्टक एक्सचेञ्ज नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउदलाई नियुक्त गरेको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले छनोट समितिले सिफारिस गरेका तीन जना मध्येबाट साउदलाई चार वर्षका लागि नेप्सेको महाप्रबन्धक बनाउने निर्णय गरेको हो ।
तीन महिनाअघि सीताराम थपलियाको कार्यकाल सकिए पछि नेप्से नेतृत्व विहिन थियो । अर्थ मन्त्रालयले गठन गरेको महाप्रबन्धक छनोट समितिले साउदसहित ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली र प्राध्यापक प्रमोद शर्माको नाम सिफारिस गरेको थियो ।
सदूरपश्चिमका साउद प्रधानमन्त्रीको रोजाईमा महाप्रबन्धक बन्न सफल हुनुभएको हो । महाप्रबन्धकका लागि १३ जनाले छनोट समिति समक्ष आवेदन दिएको भए पनि समितिले नियुक्तिका लागि तीन जनाको नाम मन्त्रीपरिषदमा पठाएको थियो । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भइसकेका साउद विवादास्पद छविका हुनुहुहुन्छ ।
इन्स्योरेन्सलाई संकटग्रस्त अवस्थामा पु¥याएको भन्दै कर्मचारीले विरोध जनाउन थालेपछि साउद नेपाल इन्स्योरेन्सबाट बाहिरिनुभएको थियो । नेपाल इन्स्योरेन्समा रहँदा इन्साइडर ट्रेडिङ गरेर आफन्त र साथी भाइको नाममा सेयर खरिद गरेको आरोप साउदमाथि छ ।

Facebook Comments

सम्बन्धित समाचार