• होमपेज
  • समाचार
  • बाम गठबन्धनको एमाले चितवनद्धारा स्वागत,अनावश्यक प्रचार नगर्न नेता कार्यकर्तालाई आग्रह

बाम गठबन्धनको एमाले चितवनद्धारा स्वागत,अनावश्यक प्रचार नगर्न नेता कार्यकर्तालाई आग्रह

  • शुक्रबार, अशोज २०, २०७४
बाम गठबन्धनको एमाले चितवनद्धारा स्वागत,अनावश्यक प्रचार नगर्न नेता कार्यकर्तालाई आग्रह

चितवन,असोज २०-

नेकपा एमाले चितवनले बाम गठबन्धनको स्वागत गरेको छ । विहिवार पार्टी कार्यालयमा वसेको जिल्ला कमिटीको वैठकले बाम एकताको स्वागत गरेको हो । बर्तमान समयमा एमाले,माओवादी केन्द्र र नयां शक्ति विच भएको सहमती राष्ट्र, राष्ट्रियता,देश र जनताका लागी भएको एमाले चितवनको ठहर छ । बैठकले बाम शक्तिहरु विच भएको एकताको विषयलाई लिएर अनावश्यक प्रचार नगर्न सवै नेता कार्यकर्तालाई आव्हान गरेको  प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिनुभयो ।

माओवादी केन्द्र चितवनद्धारा पनि स्वागत

यस्तै नेकपा माओवादी केन्द्र चितवनले पनि बाम गठवन्धनको स्वागत गरेको छ । पार्टी जिल्ला इन्चार्ज इश्वरी भट्टराइले नारायणी अनलाईनसंग कुरा गर्दै बाम एमताको स्वागत गर्नुभयो । उहांले बाम एकताले पार्टी नेता कार्यकर्तामा खुसीयाली छाएको वताउनु भयो । केन्द्रको निर्णय अनुसारनै जिल्लामा गठबन्धन र एकताको प्रकृया अघि वढाइने उहांको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार